Techie IT
बिहीबार, जेठ २,२०८२

पिसिआर नेगेटिभ आएपछि संखुवासभामा क्‍वारेन्टाइनका ४ जनालाई घर पठाइयो


संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिकाको क्‍वारेन्टाइनमा बसेका ४ जनालाई घर पठाइएको छ । उनीहरुलाई बरुण बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा राखिएको थियो।

१४ दिन पूरा भएपछि र्‍यापिड डाइनोस्टिक टेस्ट रिपोर्ट  नेगेटिभ आएकाले घर पठाइएको खाँदबारी नगरप्रमुख मुरारी प्रसाद खतिवडाले जानकारी दिनुभयो । लकडाउन छिचोल्दै उनीहरु सिन्धुपालचोकबाट लुकिछिपी आएका थिए । क्‍वारेन्टाइनमा राखिएकालाई नगरप्रमुखले खादा लगाएर बिदाइ गर्नुभएको छ । घर पठाइएका एक महिला र तीन पुरुष छन् । उनीहरुलाई १२ गतेबाट बरुण क्याम्पसको क्‍वारेन्टाइनमा बसेका थिए ।

संखुवासभामा हालसम्म ९५ जनालाई क्‍वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले बताउनुभयो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:13 am6:46 pm +0545