Techie IT
बिहीबार, जेठ २,२०८२

प्रतिनिधी सभा र राष्ट्रिय सभातर्फका दुइ सय तीन जना सांसदको स्वाब परिक्षण परिक्षण गर्न बाँकी सांसदको शुक्रबार गरिने


काठमाडौं । प्रतिनिधि  सभा र राष्ट्रिय  सभाका सांसदको बिहिबार स्वाब परिक्षण गरिएको छ । परिक्षणमा

प्रतिनिधि  सभातर्फका १७० जना र राष्ट्रिय  सभातर्फका ३३ जना गरि जम्मा २ सय ३ जनाको स्वाब परिक्षण

गरिएको थियो ।

बिहिवार विहान १० बजेदेखि संघीय संसद भवनको ल्होत्से हलमा उक्त परिक्षण कार्य शुरु गरिएको थियो ।

परिक्षण गर्न छुटेका बाँकी सांसदको भने शुक्रबार विहान साढे आठ बजेबाट परिक्षण शुरु गरिने संसद

सचिवालयले जनाएको छ ।

यसरी संकलन गरिएको स्वाब टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र रिपोर्ट शुक्रबार

दिउँसोसम्म आइसक्ने जनाइएको छ ।

हाल प्रतिनिधि सभामा २७५ जना र राष्ट्रिय सभामा ५८  जना सांसद छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #स्वाब परिक्षण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:13 am6:46 pm +0545