चुनावी अभियानमा होमिदै एमाले, काठमाडौंमा माघ ४ बाट शक्ति प्रदर्शन गर्ने
काठमाडौं । नेकपा एमालेले माघ ४ गते काठमाडौमा शक्ति प्रदर्शन गर्ने भएको छ।
पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर काठमाडौंंमा ४ गते विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिने तयारी भएको बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुङ्गेलले बताए।
जनप्रदर्शनपछि प्रज्ञा भवनमा हुने सभालाई पार्टी अध्यक्ष केपी ओलीबाट सम्बोधन हुने बताए। सभालाई अध्यक्ष ओलीले सम्बोधनसँगै चुनावको लागि आवश्यक निर्देशन दिने बताए। बागमतीको १८ सीटमा एमालेले अधिकतम जित्ने गरी रणनीति बनाइरहेको बताए।
सचिव महेश बस्नेतले पनि पार्टी ४ गतेबाट औपचारिक रूपमा चुनावमा होमिने बताए। आफूहरूले चुनावमा होमिने तयारी गरिराख्दा पनि सरकारले अझै वातावरण बनाउन नसकेको दाबी गरे।
आगामी चुनावमा एमालेले बहुमत नभए सबैभन्दा ठुलो दल बन्ने उनको भनाइ छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेले माघ ४ गते काठमाडौमा शक्ति प्रदर्शन गर्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्