Techie IT
सोमबार, पुस १४,२०८२

रवि, बालेन र कुलमानबीच आजै सहमतिमा हस्ताक्षर हुँदै, भोलि एकता घोषणा


काठमाडौं । अन्ततः रवि लामिछाने, बालेन्द्र शाह (बालेन)  र कुलमान घिसिङ एउटै पार्टी बनाउने निष्कर्षमा पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने धरौटीमा जमानीमा थुनाबाट मुक्त भएपछि भएका निरन्तरका भेट र छलफलपछि उनीहरू एउटै पार्टी बनाउन तयार भएका हुन् ।

लामिछाने अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति छन् । उनको पार्टी २०७९ को चुनावमा २१ सिटका साथ चौथो ठूलो पार्टी बनेको थियो । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेको बेला लोडसेडिङ अन्त्य गरेएपछि चर्चामा आएका कुलमान अहिले अन्तरिम सरकारमा ऊर्जामन्त्री छन् । उनले पर्दा पछाडि रहेर उज्यालो नेपाल पार्टी स्थापना गरेका छन् ।

यस्तै २०७९ को स्थानीय तहको चुनावमा काठमाडौंको मेयरमा स्वतन्त्र निर्वाचित भएका बालेन पुराना दलहरूका लागि चेतावनीका रूपमा उदायका थिए । बालेनले काठमाडौंमा जितेपछि नै नयाँ दल खोल्ने होडवाजी चलेको हो । अब यी तीनै जना एक ठाउँ हुँदा बलियो नयाँ पार्टी बन्ने देखिएको छ ।

बिहीबार दिनभर बालेनका सल्लाहाकार कुमार बेनको ललितपुरस्थित घरमा लामो राजनीतिक भेटघाट भएको थियो । जसमा बालेनसँग लामिछानेदेखि कांग्रेसका नेताहरूले समेत भेट गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालेन र कुलमान, #रवि


तपाईको कमेन्ट लेख्नुहोस्