Techie IT
सोमबार, पुस १४,२०८२

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा वार्तामा ?


काठमाडौँ  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच सोमबार मध्यरातमा भएको भेटवार्ता सकारात्मक रहेको सहभागी नेताहरूले बताएका छन्।

काठमाडौँस्थित असिम साहको म्युजिक कम्पनी जी–२१ को कार्यालयमा भएको उक्त भेटपछि रवि र बालेन एउटै गाडीमा सँगै बाहिरिएका थिए। भेटमा सहभागी असिम साहका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

भेटवार्तामा उठेका ठोस विषयहरू सार्वजनिक नगरिए पनि मिलेर अघि बढ्ने आवश्यकता र राजनीतिक सहकार्यका सम्भावनाबारे सकारात्मक संवाद भएको नेताहरूको भनाइ छ। पछिल्लो समय देखिएको राजनीतिक दूरी कम गर्ने प्रयासका रूपमा पनि यस भेटलाई हेरिएको छ।

भेटको समन्वय गरेका रास्वपा नेता असिम साहले फेसबुकमा लेखेका छन्, “अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई।”


क्याटेगोरी : समाचार
ट्याग : #hot, #वि लामिछाने र बालेन साह


तपाईको कमेन्ट लेख्नुहोस्