अध्यक्षपछिको पदाधिकारीहरूको क्रम अनुसार एमाले बैठकमा सीट व्यवस्था तय
नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले वरिष्ठताको आधारमा पदाधिकारीहरूको सीट प्लान तय गरेको छ।
अध्यक्षपछिको दोस्रो वरीयतामा उपाध्यक्ष रामबहादुर थापा बादल रहेका छन्। त्यसपछि क्रमशः विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त को वरीयता कायम छ।
महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा क्रमशः लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई को आसन तोकिएको छ। सचिवहरूको क्रममा छबिलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी लगायतको नाम उल्लेख गरिएको छ।
सचिवहरुपछि लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा र अनुशासन आयोगका अध्यक्ष भरत पहारी को आसन तय गरिएको छ।
एक नेताले बताए अनुसार, यो सीट प्लान नेताहरूको बसाइअनुसार भए पनि वरिष्ठता अनुसारको वरीयता कायम गरिएको हो।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्