आफ्नो हार अस्वाभाविक होइन, चिन्ताको विषय पनि होइन : विष्णु रिमाल
नेकपा एमालेका नेता विष्णु रिमालले पार्टी महाधिवेशनमा भएको आफ्नो पराजयलाई अस्वाभाविक वा चिन्ताजनक विषय नभएको बताएका छन्। केपी शर्मा ओलीको कोर टिममा रहेका रिमाल उपमहासचिव र केन्द्रीय सदस्य दुवै पदमा पराजित भएका हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रिमालले महाधिवेशनको नतिजालाई आत्मविश्वास, संयम र प्रतिबद्धताका साथ स्वीकार गरेको उल्लेख गरेका छन्। उनका अनुसार महाधिवेशन असाधारण गरिमा, उत्साह र सामूहिक उपलब्धिको अनुभूतिको साथ सम्पन्न भएको छ।
महाधिवेशनमा स्वस्थ र कमरेड्ली प्रतिस्पर्धा देखिएको उल्लेख गर्दै रिमालले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित टिम प्रायः सर्वसम्मत रूपमा अनुमोदन भएको बताएका छन्। उनले आफू एक उपमहासचिव र एक उपाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचित भएको उल्लेख गर्दै यस्तो परिणाम स्वाभाविक भएको स्पष्ट पारेका छन्।
‘यो न त अस्वाभाविक हो, न त चिन्ताको विषय। यस्ता नतिजा लोकतान्त्रिक प्रतिस्पर्धाका स्वाभाविक र स्वस्थ अभ्यास हुन्। हामी जनताको बहुदलीय लोकतन्त्रको मूल भावनाबाट दृढ रूपमा निर्देशित छौँ,’ रिमालले बताएका छन्।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्