तत्कालीन आईजीपी खापुङको बयान जारी : जेनजी घटना
तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी, हाल अवकाशप्राप्त) चन्द्रकुवेर खापुङको बयान उच्चस्तरीय जाँचबुझ आयोगमा जारी छ। २३ र २४ भदौमा भएको घटनाको छानबिनका लागि गठित आयोगले बिहीबार सिंहदरबारस्थित कार्यालयमा खापुङसँग बयान लिएको हो।
जेनजी घटना भएको समयमा खापुङ नै प्रहरी महानिरीक्षक थिए। उक्त घटनामा प्रहरीको गोली लागेर २३ भदौमा २२ जनाको मृत्यु भएको थियो। सो घटनामा प्रहरीले अनावश्यक तथा अत्यधिक बल प्रयोग गरेको आरोप र आलोचना हुँदै आएको छ।
आयोगका अनुसार यसअघि फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूको विवरण माग्दा खापुङले अटेर गरेका थिए। त्यस क्रममा उनले जवानदेखि आईजीपीसम्म सबै फिल्डमै रहेको जवाफ पठाएका थिए। उक्त जवाफपछि आयोगले उनलाई ५ सय रुपैयाँ जरिवाना गर्ने तयारीसमेत गरेको थियो। त्यसपछि मात्रै आवश्यक विवरण उपलब्ध गराइएको आयोगको दाबी छ।
आयोगले घटनासँग सम्बन्धित अधिकांश पक्षको बयान संकलन गर्ने काम अन्तिम चरणमा पुर्याएको छ। अब तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीको बयान लिने तयारी भइरहेको जनाइएको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्