Techie IT
बिहीबार, पुस ३,२०८२

एमाले सचिवालय बैठक बस्दै ,विधान संशोधन पदाधिकारी संख्या र केन्द्रीय समितिको आकार बढाउने तयारी


काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ ।

पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव लगायतका विषयमा छलफल र निर्णय हुने बताइएको छ ।

एमालेले विधान संशोधन गरेर पदाधिकारी संख्या र केन्द्रीय समितिको आकार बढाउने तयारी गरेको छ ।

एमालेको महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारी र बन्दसत्र भृकुटीमण्डपमा हुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमाले सचिवालय बैठक


तपाईको कमेन्ट लेख्नुहोस्