सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन-जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
कात्तिक । ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् । हत्यारा र भ्रष्ट्राचारीलाई कारबाही नगरेको र जेनजीहरूलाई कारबाही गरेको भन्दै उनले अर्यालको राजीनामा मागेका हुन् ।
‘अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश’ भन्दै सुधनले सामाजिक सञ्जालमार्फत् गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । सुधनले लेखेका छन्, ‘सहिदको रगत सम्झनुहोस् । नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस् । काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस् ।’
दुई महिना बितिसक्दा पनि कुनै हत्यारालाई पक्रन नसकेको सुधनको जिकिर छ ।
उनले थप लेखेका छन्, ‘देशको हितको लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमानदेखि चरित्र हत्या समेत सहेर बसेँ । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिनँ । किनभने मैले सोचेको थिएँ, कामले देखाउँछ र कामले बोल्छ । अझै पनि देश बन्छ भने करोडौँ अट्याकहरू सहन तयार छु तर, अब तपाईंबाट आशा मरिसकेको छ।’
साथै आफूहरुले गत भदौ २३ र २४ को आन्दोलन २०८४ को चुनाव २०८२ मा सार्नलाई नगरेको पनि बताएका छन् । यदि नेपाली जनता र जेनजीको माग सम्बोधन हुँदैन भने यसपालिको चुनाव पनि हुन नदिने धम्की दिएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुधनले मागे गृहमन्त्रीको राजीनामा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्