अन्तरिम सरकारमा मन्त्री बन्न ठिक परेका खगेन्द्र सुनार दुई मुद्दाका फरार अभियुक्त
काठमाडौं — अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चामा रहेका खगेन्द्र सुनार दुईवटा फरक मुद्दामा फरार अभियुक्त रहेको केन्द्रीय प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) मार्फत खुलेको छ। नेपाल प्रहरी प्रधान कार्यालयको चालचलन शाखाका स्रोतका अनुसार सुनारविरुद्ध दुईवटा मुद्दामा अदालतले कैद सजाय तोके पनि उनले अझै भुक्तान नगरेकाले उनलाई फरार अभियुक्तका रूपमा सूचीकृत गरिएको हो।
प्रहरी रेकर्डअनुसार, काभ्रेपलाञ्चोक जिल्ला अदालतले सुनारविरुद्ध विद्युतीय कारोबारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ। सो मुद्दा अहिले पनि फर्स्यौट नभएको प्रहरीले जनाएको छ। यस्तै, सुर्खेत जिल्ला अदालतले २०८१ असार २१ गते अर्को मुद्दामा पनि उनको नाममा पक्राउ पुर्जी जारी गरेको र उनी अझै पक्राउ नपरेको विवरण सीआरएसमा उल्लेख छ।
त्यसैगरी, सुनारविरुद्ध सर्वोच्च अदालतमा समेत एउटा मुद्दा विचाराधीन छ। अधिवक्ता मनिषा गौतमले दायर गरेको मानहानीसम्बन्धी मुद्दामा गत असोज ६ गते सुनुवाइको मिति तोकिए पनि सर्वोच्च अदालतमा आगलागी भएपछि सो सुनुवाइ स्थगित भएको थियो।
गौतमले दायर गरेको मुद्दा उच्च अदालत सुर्खेतले नवराज विक प्रकरणमा गरेको फैसलाप्रति सुनार असन्तुष्ट हुँदै अदालत परिसरमै हुलहुज्जत, तोडफोड र न्यायाधीशहरूलाई धम्की दिएका घटनासँग सम्बन्धित हो। सो घटनापछि गौतमले मानहानी मुद्दा दायर गरेकी थिइन्, जसमा सर्वोच्चले सुनारलाई उपस्थित गराउने आदेश दिएको थियो।
उक्त आदेशपछि पनि सुनारले सामाजिक सञ्जालमार्फत गौतम र न्यायाधीश सपना मल्ल प्रधानविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका थिए। उनले फेसबुकमा गौतमको तस्बिर र फोन नम्बर सार्वजनिक गर्दै ‘तँ नेपाल बारकी होस् कि ठमेल बारकी?’ भन्ने अपमानजनक स्टाटस लेखेका थिए।
गौतमले त्यसको प्रमाणसहित साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्। तर, ब्यूरोले मुद्दा दर्ता नगरी “तपाईंको घर काभ्रे पर्छ, त्यहीँको अदालतमा जानुहोस्” भनेर फर्काएको गौतमको भनाइ छ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #खगेन्द्र सुनार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्