Techie IT
बुधबार, जेठ १,२०८२

संखुवासभाको आइसोलेसनमा राखिएको महिलाको स्वाव परिक्षण पीसीआर नेगेटिभ


संखुवासभाको धर्मदेवी नगरपालिका २ मा साइप्रसबाट आउनु भएकी ४१ वर्षीय एक जना महिलाको स्वाव परिक्षण पीसीआर नेगेटिभ आएको छ ।
जिसस प्रमुख एवं अस्पताल विकास समिति अध्यक्ष सुमन शाक्यका अनुसार ती महिला बिरामी भएपछि स्वाव परिक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । यसअघि उनको आरडिटि परिक्षण पनि नेगेटिभ आएको थियो ।  ज्वरो आउने, वान्ता, झाडा पखाला लक्षण देखिएको छ । बिरामी महिलालाई जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन वार्डमा राखिएको छ

संखुवासभामा अहिलेसम्म दुई जनाको मात्र स्वाव परिक्षण भएको छ । ती महिलाको स्वास्थ्य सामान्य रहेको शाक्यले बताउनुभयो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Partly Cloudy
5:13 am6:46 pm +0545