Techie IT
सोमबार, चैत्र १०,२०८१

संखुवासभाको सभापोखरीमा जंगली च्याउ खाँदा दुई परिवारका ६ जना बिरामी


सभापोखरी गाउँपालिका २ मा जंगली च्याउ खाएर ६ जना बिरामी परेका छन् । शनिबार बेलुका स्थानीय सन्देश राईले जंगलबाट टिपेर ल्याएको जंगली च्याउ खाएकै कारण २ परिवारका ६ जना बिरामी भएका संखुवासभा प्रहरी निरीक्षक सन्तोस राईले जानकारी दिए ।

सन्देशकी श्रीमती २४ वर्षीया मनिला राई, छोरी ३ वर्षीया सुपी राई र छिमेकी २५ वर्षीय दिनेश राई, उनकी श्रीमती २४ वर्षीया अनिता र ३ वर्षीया छोरी आकांक्षा बिरामी भएका हुन् ।

बिरामी ६ जनाको नै जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:01 am6:18 pm +0545