Techie IT
सोमबार, पुस १४,२०८२

कुलमानद्वारा मन्त्री पद अस्वीकार, दुर्गा प्रसाईको भागमा २ मन्त्री , को को बन्दै छन मन्त्रि ?


काठमाडौं । आजै साँझसम्म सपथ गराउने हिसाबले मन्त्रिपरिषद् गठनको तयारी भइरहेको छ । जीन–जी प्रतिनिधि, कुलमान घिसिङ, दुर्गा प्रर्साी र बालेन साहको प्रतिनिधिलाई राखेर नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् गठनको एक्ससाइज थालेकी हुन् ।

आन्तरिम सरकारको नेतृत्व गर्न अगाडि सरेका कुलमान घिसिङ सुशीला कार्की नेतृत्वको सरकारमा नजाने भएका छन् । उनले मन्त्री पद लिन ठाडै अस्वीकार गरेको बुझिएको छ । घिसिङ आफू मन्त्री नबन्ने भएपछि उनले सिफारिसको गरेको व्यक्तिलाई मन्त्री बनाइने भएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भने ६ जना मन्त्री मागेका छन् । तर उनको सिफारिसमा २ जना मन्त्री बन्ने भएका छन् । उनले कसलाई सिफारिस गर्छन् त्यस’bout कुनै संकेत प्राप्त भएको छैन । सम्भवतः एकजना डा. सुरेन्द्र केसी हुनसक्ने बताइएको छ ।

जेनजीको प्रतिनिधि भनेर कोही पनि मन्त्री बन्न नजाने स्पष्ट पारेका छन् । आफ्नो टिमबाट मन्त्रीको जिम्मेवारी नलिने भएपछि जिनजीले स्वतन्त्र र निष्कलंक व्यक्तिको खोजी गरिरहेको बुझिएको छ । त्यसमध्ये पूर्वन्यायाधीश आनन्दमोहन भट्टराई, बालेका कानुनी सल्लाहकार ओमप्रकाश अर्याललगायतको नाम मन्त्री बन्ने सूचिमा छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कुलमानद्वारा मन्त्री पद अस्वीकार


तपाईको कमेन्ट लेख्नुहोस्