टोखावासीको एकताले जोगियो दुई पटक आक्रमण प्रयासको भाटभटेनी
भदौ २४ गते मंगलबार देशभर भाटभटेनी सुपरस्टोरका २८ मध्ये २१ शाखामा तोडफोड, लुटपाट र आगजनी भयो। तीमध्ये १२ शाखामा लुटपाटपछि आगजनी र ९ शाखामा केवल लुटपाट र तोडफोड भएको हो। सात शाखा भने सुरक्षित रहे, जसमा टोखा शाखा पनि पर्छ।
टोखा शाखा सुरक्षामा स्थानीय बासिन्दाको ठूलो भूमिका रह्यो। दुई पटक आक्रमणको प्रयास भए पनि स्थानीयले एकजुट भएर स्टोरको रक्षा गरे। रातभर पालो गरेर सुरक्षा दिएका थिए। पछि सेनाले सुरक्षा जिम्मा लिए पनि स्थानीयको निरन्तर सहयोग जारी छ।
स्थानीय सुशीला अधिकारीले “भाटभटेनी जोगाउनु हाम्रो दायित्व हो” भन्दै समुदायको एकताको महत्व बताइन्। कर्मचारीहरूले पनि स्थानीयको सहयोग नपाएको भए स्टोर जलेर सकिने धारणा व्यक्त गरेका छन्।
हाल स्टोर सञ्चालन कहिलेबाट हुने टुंगो छैन।
क्याटेगोरी : समाचार
ट्याग : #टोखावासीको एकताले जोगियो भाटभटेनी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्