काम गर्ने वातावरण नभएपछि तारकेश्वरका प्रमुख प्रशासकिय अधिकृत कार्यलय आउन छाडे
काठमाडौं । तारकेश्वर नगरपालिका अहिले फेरि प्रमुख प्रशासकिय अधिकृत बिहिन भएको छ । असार मसान्तको अन्तिम समयमा भुत्तानीमा आफ्नो इन्ट्रेसका फाइल जबरजस्ती भुत्तानी गर्न दवाव र प्रेसर आएपछि प्रमुख प्रशासकिय अधिकृत इश्वर प्रसाद आचार्य असार २८ गतेदेखि कार्यालय आउन छाडेको बुझिएको छ । नगरपालिकाको एक सुत्रकाअनुसार प्रमुख प्रशासकिय अधिकृत इश्वर प्रसाद आचार्य अब आउने सम्भावना नभएको बुझिन्छ । यस अघि पनि छोटो समयमै प्रमुख प्रशासकिय अधिकृतहरुले काम गर्न नसकेर छोडेका थिए । तारकेश्वर नगरपालिका काठमाडौं उपत्यकामा सबैभन्दा धेरै प्रमुख प्रशासकिय अधिकृत परिवर्तन हुने स्थानीय तहमा पर्दछ । यो ३ वर्षमा ७ जना प्रमुख प्रशासकिय अधिकृत परिवर्तन भइसकेका छन् ।
नगरपालिकाका एक कर्मचारीले नाम नखुलाउने शर्तमा बताएअनुसार यहाँ काम गर्ने वातावरण नै छैन । कर्मचारीमाथि जनप्रतिनिधिबाट दभाव, प्रेसर र धम्कीमा काम गर्नुपर्ने वातावरण छ । नीति, नियम र कानुनअनुसार भन्दा पनि दभाव र धम्कीमा काम गर्नुपर्ने वातावरण भएको स्रोतले जानकारी दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन र पालिकाले निर्माण गरेको कार्यक्रमको खर्च मापदण्ड नै कार्यान्वयन नहुने भएकाले कर्मचारीहरु काम गर्न असहज वातावरण भएको बताउँछन् । नगरपालिकामा कार्यरत कर्मचारीहरुमा नैराश्यता छाएको देखिन्छ । यस बारेमा हामीले प्रमुख प्रशासकिय अधिकृत इश्वर प्रसाद आचार्यलाई धेरैपटक सम्पर्क गर्दा फोन सम्पर्क हुन् सकेन ।
नगरपालिकाको खर्च मापदण्डअनुसार कार्यक्रमहरुका खर्चको भुत्तानी गर्नुपर्ने नियम भएता पनि तारकेश्वरमा दभाव र प्रेसरमा आर्थिक मसान्तको अन्तिम समयमा खर्च मापदण्ड भन्दा बाहिर गएर भुत्तानी हुने गरेको कुरा यस अघि नै बाहिर आएको थियो ।
प्रमुख प्रशासकिय अधिकृत विहिन हुँदा नगरपालिकाको दैनिक हुने कार्य सञ्चालनमा समेत बाधा पुगेको देखिन्छ । नगर कार्यपालिकाको बैठकमा सदस्य सचिव प्रमुख प्रशासकिय अधिकृत रहने व्यवस्था भए पनि प्रमुख प्रशासकिय अधिकृत बिना नै केही दिन अघि बैठक बसे पनि बैठक प्रभावित भएको बुझिन आएको छ । कार्यपालिकाको बैठकको माइनोट प्रमार्णित गर्ने प्रमुख प्रशासकिय अधिकृत नहुँदा माइनोट समेत नभएको एक कार्यपालिका सदस्यले बताएका छन् । बैठकमा अर्का एक कार्यपालिका सदस्यले १५ औँ नगरसभाबाट पारित योजनाको अझै भुत्तानी नभएको भन्दै गुनासो गरेका थिए ।
शिक्षा शाखामा तालाबन्दी, कर्मचारी सरुवा हुने क्रम बढ्दो
तारकेश्वर नगरपालिका विभिन्न शाखाका थुप्रै कर्मचारीहरु अन्य छिमेकी पालिकाहरुमा सहमती लिएर जाने क्रम बढेको छ । केही कर्मचारीहरु अरु पालिकामा जान सहमती मिलाउँदै गरेको बताएका छन् । पुराना र अनुभवी कर्मचारीहरुले तारकेश्वर नगरपालिका छाडिकेका छन् ।
केही दिन अघिदेखि तारकेश्वर नगर शिक्षा शाखा प्रमुख पदम बहादुर केसीको कोठामा नगरपालिकाले नै तालाबन्दी गरेका कारण शाखा प्रमुख कार्यालय आउन सकेका छैनन् । केसी अहिले अन्य ठाउँमा सरुवाका लागि प्रयासरत भएको बुझिन्छ ।
सिडिईलाई कार्यालयमा हाजिरै गर्न नदिएपछि..
लोकसेवाबाट सिनिएर डिभिजन इन्जिनियर माग भएपछि तारकेश्वरमा २–२ पटकसम्म आएका नवौं तहका सिडिइ (सिनिएर डिभिजन इन्जिनियर) लाई चिठी दर्ता नगरेर हाजिर नगराएको जानकारी प्राप्त भएको छ । ३ महिना अघि एक जना इन्जिनियरलाई हाजिर गर्न नदिएर फिर्ता गरेपछि अहिले आएका इन्जिनियरलाई पनि आवश्यकता परेको छैन भन्दै चिठी नै दर्ता नगरेको बुझिन्छ । तारकेश्वर नगरपालिकामा सिनिएर इन्जिनियरको दरबन्दी रिक्त रहेको लामो समय हुँदा पनि लोकसेवाबाट आएका इन्जिनियरहरुलाई राखिएको छैन ।
स्वास्थ्यकर्मीहरु मर्कामा
तारकेश्वरमा ३ महिनादेखि स्वास्थ्यकर्मीहरुले तलब खान पाएका छैनन् । २०८२ बैशाख देखि असार मसान्तको तलव पाएका छैनन् । ७५३ पालिकामा ७५२ पालिकाले स्वास्थ्यकर्मीलाई तलब खुवाउँदा तारकेश्वर नगरपालिकाले भने तलब खुवाउन नसक्दा ७५ जना स्वास्थ्यकर्मी मर्कामा परेका छन् । एक स्वास्थ्यकर्मीले त सुगम खोजेर काठमाडौंमा सहमती लिएर आइयो तर अहिले तलब नपाउँदा उल्टो किन आएको दरबन्दी नभएको ठाउँमा आएको भनेर धम्की खानु परेको बताए । अर्का एक स्वास्थ्यकर्मीले भने – तारकेश्वरमा पहिला पनि केही दरबन्दी नभएका स्वास्थ्यकर्मी रहेका थिए । अहिलेका जनप्रतिनिधिले फेरि धमाधम सहमती दिएर २४ जना पु¥याएका कारण हामीले पनि समयमा तलब पाएका छैनौं ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काम गर्ने वातावरण नभएपछि तारकेश्वरका प्रमुख प्रशासकिय अधिकृत कार्यलय आउन छाडे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्