रसुवागढीमा बेलिब्रिज निर्माणको तयारी, टोखा-छहरे सुरुङबारे यस्तो छलफल
काठमाडौँ, साउन ३ गते । असार २४ गते बिहान ३ बजे आएको भीषण बाढीपहिरोले बगाएको नेपाल–चीन सिमानास्थित रसुवागढीको मितेरी पुलको ठाउँमा दसैँअघि नै बेलिब्रिज निर्माण गर्न छलफल भएको छ ।
सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि चीनका राजदूत चेन सोङबिच भएको भेटमा राजदूत चेनले दसैँअघि नै मितेरी पुल भएको ठाउँमा बेलिब्रिज राखिने बताउनुभएको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो । उहाँले राजदूत चेनसँग एकदमै सकारात्मक छलफल भएको बताउनुभयो । सचिव शर्माले भन्नुभयो, “हामीले रसुवागढी नाका सकेसम्म छिटो खुलाउन र मितेरी पुल बनाउन राजदूतसँग अनुरोध गर्यौँ । राजदूतले दसैँअघि नै बेलिब्रिज राख्ने प्रयासमा छौँ भन्नुभयो ।’’ नाका खुलाउन र पुल बनाउन चिनियाँ पक्ष लागिराखेको सचिव शर्माले जानकारी दिनुभयो ।
त्यसै गरी भेटमा बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेँसी–रसुवागढी सडक पुनर्निर्माण, चिनियाँ सहयोगमा सञ्चालित अन्य आयोजनाहरू टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक, खाँदबारी–किमाथाङ्का सडकलगायतका विषयमा पनि छलफल भएको थियो । छलफलमा राजदूत चेनले काठमाडौँ–चक्रपथ दोस्रो खण्ड विस्तारको काम छिट्टै सुरु हुने बताउनुभयो । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल र स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड बगाएपछि चीनसँगको सो व्यापारिक नाका नौ दिनदेखि ठप्प छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा-छहरे सुरुङबारे यस्तो छलफल, #रसुवागढीमा बेलिब्रिज निर्माणको तयारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्