टोखा बानियाटार बसोबास गर्दै आएका प्रशान्त सिलवाल सम्पर्कविहीन
काठमाडौं, असार ३१ । गोरखा जिल्लाको सिरानचोक गाउँपालिका-८ स्थायी ठेगाना भई हाल काठमाडौं टोखा नगरपालिका-७ बानियाटारमा बस्दै आएका ४२ वर्षीय प्रशान्त सिलवाल असार २८ गते शनिबारदेखि सम्पर्कविहीन भएका छन्।
प्राप्त जानकारी अनुसार सिलवाल शनिबार दिउँसो करिब १:३५ बजे काठमाडौंको कलंकीबाट माइक्रोबस चढेका थिए। साँझ करिब ५:१५ देखि ५:३० बजेतिर तनहुँको विमलनगरस्थित यातायात कार्यालय नजिकै माइक्रोबाट झरेको देखिएको बताइएको छ। त्यसपछिदेखि उनी सम्पर्कविहीन रहेको गोरखाका समाजसेवी तथा राजनीतिकर्मी प्रकाशचन्द्र दवाडीले जानकारी दिएका छन् ।
सिलवाल हालसम्म पनि सम्पर्कमा नआएको हुँदा परिवार तथा नजिकका आफन्तहरू चिन्तित बनेका छन्। खोजी कार्य जारी रहेको र उहाँलाई देख्नुभएका वा भेट्नुभएकाले तत्काल जानकारी गराइदिन परिवार तथा शुभचिन्तकहरूले आग्रह गरेका छन्।
यदि कसैले प्रशान्त सिलवाललाई देख्नुभयो वा उहाँसम्बन्धी कुनै जानकारी प्राप्त गर्नुभयो भने, निम्न सम्पर्क नम्बरहरूमध्ये कुनै एकमा फोन गरी जानकारी गराइदिनु हुन अनुरोध गरिएको छ:
९८४३२६८४७५, ९८५११७४९२४, ९८५१२०९६४१, ९८४६२५४०५१, ९८४११५८९८१, ९८४३३०५४८५। वा नजिकको प्रहरी चौकीमा सम्पर्क गरी जानकारी दिन सकिनेछ।
समाजसेवी दवाडीले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै खोजी कार्यमा सहयोग गर्न सबैमा अनुरोध गरेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा बानियाटार बसोबास गर्दै आएका प्रशान्त सिलवाल सम्पर्कविहीन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्