नेकपाद्धारा स्थायी कमिटी आव्हान, गौतमलाई प्रतिनिधि सभाको सदस्य बनाउने निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी बैशाख २५ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
२५ गते बिहान ११ बजे काठमाडौंमा बस्ने बैठकअघि २४ गते पार्टी सचिवालयको बैठक बोलाइएको छ। सचिवालय बैठकले स्थायी कमिटी बैठकमा प्रस्ताब गरिने एजेन्डा तय गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
यसैगरी बैठकमा प्रधानमन्त्री ओलीले आफूबाट भएका गल्तिकमजोरीको आत्मआलोचना गरेका छन् ।
‘पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धती र कम्युनिस्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिएका छौं’ प्रवक्ता श्रेष्ठ भने, ‘पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे जति कमीकमजोरी भएका छन्, त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत आत्मालोचना गर्नु भएको छ ।’
बैठकले पार्टीका उपाध्यक्ष गौतमलाई प्रतिनिधी सभाको सदस्य बनाउने निर्णय गरेको छ । यसअघि पार्टीले राष्टिय सभामा लैजाने निर्णय गरेको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, वातावरण-कृषि, विशेष, समाचार
ट्याग : #सचिवालय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्