सूचना प्रविधिमा टोखालाई देशको उदाहरणीय नगरपालिका बनाउने प्रण गर्यौं : नगरप्रमुख प्रकाश अधिकारी
काठमाडौं । टोखा नगरपालिकाले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यमबाट प्रभावकारी बनाउन ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’ र मोबाइल एप सञ्चालनमा ल्याएको छ । ड्रोन प्रविधिबाट घर–घरको डेटा सङ्कलन गरेर बनाइएको डिजिटल प्रोफाइलमार्फत अब नगरवासीले घरमै बसेर सेवा लिन सक्नेछन् ।
शुक्रबार आयोजित अन्तिम कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै टोखा नगर प्रमुख प्रकाश अधिकारीले सूचना प्रविधिको उपयोगबाट प्रशासनिक सेवा, विपद् व्यवस्थापन र विकास योजनामा महत्वपूर्ण सुधार आउने विश्वास व्यक्त गरे । उनले भने, ‘यो इन्टिग्रेटेड सिस्टम अब टोखाले प्राप्त गरेको छ, नेपालमा बिरलै यसको प्रयोग गरेका छन् । राजधानीकै हिसाबले हेर्दा ललितपुरले यसमा थालनी गरिसकेको भए पनि पूर्णता दिन सकेको छैन, तर टोखाले यो कार्य सम्पन्न गर्न सफल भएको छ ।’
नगर प्रमुख अधिकारीले यस प्रणालीलाई प्रभावकारी रूपमा लागू गर्न बजेट, कानुनी पक्ष र कर्मचारी समन्वयमा पूर्ण तयारी भइसकेको उल्लेख गर्दै सबै जनप्रतिनिधिको सहमति र समर्थन प्राप्त भएको जानकारी दिए । ‘नगरसभा तथा प्रशासनबाट आवश्यक निर्देशन र साथ पाएका छौं । अब कुनै कानुनी उल्झन नपर्ने गरी अघि बढ्नेछौं,’ उनले भने ।
अधिकारीले कोभिड महामारीपछिको कठिन अवस्थालाई स्मरण गर्दै दोस्रो कार्यकालमा यो परियोजना सम्पन्न गर्न पाउनु गौरवको विषय भएको बताए । उनले थपे, ‘म पहिलो कार्यकालमा सुरु भएको योजनालाई दोस्रो कार्यकालमा पूर्णता दिने अवसर पाएँ । अब टोखाबासीले डिजिटल सेवा प्रणालीबाट नयाँ अनुभव प्राप्त गर्नेछन् ।’
उनले मोबाइल एपमार्फत नगरवासीले गुनासा, सुझाव, तथा विपद् सम्बन्धी सूचना जस्तै आगलागी, बाढी, दुर्घटना, फोहोर व्यवस्थापन इत्यादिबारे सिधै सम्बन्धित निकायमा जानकारी दिन सक्ने प्रणाली विकास गरिएको जानकारी दिए ।
नगर प्रमुख अधिकारीले भने, ‘इच्छाशक्ति भएपछि असम्भव केही हुँदैन । यो प्रोजेक्ट सफल हुनुको मुख्य कारण हाम्रो प्रतिबद्धता, जनताको साथ, र कर्मचारीको अथक परिश्रम हो । सूचना प्रविधिलाई अब थप व्यवस्थित बनाउँदै टोखालाई डिजिटल प्रशासनमा उदाहरणीय नगरपालिका बनाउने हाम्रो अठोट छ ।’
कार्यक्रममा उपप्रमुख मुरारी तामाङ, वडाध्यक्ष रमेश लामिछाने लगायत अन्य वडाध्यक्ष तथा जनप्रतिनिधिहरु, कर्मचारी, सञ्चारकर्मी तथा परामर्शदाता संस्था Naxa-ConnectUs-DigiNirman JV का इन्जिनियरहरूको उपस्थिति थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सूचना प्रविधिमा टोखालाई देशको उदाहरणीय नगरपालिका बनाउने प्रण गर्यौं : नगरप्रमुख प्रकाश अधिकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्