तारकेश्वरमा नीति तथा बजेट अन्तरक्रिया ३ गते, मेयर महर्जनद्वारा सुझाव दिन आग्रह
धर्मस्थली, असार २ । तारकेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति निर्माण, योजना तथा बजेट तर्जुमाका सम्बन्धमा असार ३ गते अन्तरक्रिया गर्ने भएको छ।
नगरपालिकाको सभाहल धर्मस्थलीमा मङ्गलबार बिहान ११ बजे आयोजना हुने कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, पूर्व जनप्रतिनिधि, कर्मचारी, पूर्व प्रशासक, विद्यालय, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संघसंस्था, सञ्चारकर्मी, क्लब, समूह लगायत सम्पूर्ण सरोकारवालासँग छलफल, सुझाव संकलन गरिनेछ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्यले सूचना जारी गर्दै सबै सरोकारवालालाई उपस्थित भएर आफ्ना विचार र सुझाव प्रस्तुत गर्न आग्रह गर्नुभएको छ।
नगरप्रमुख कृष्णहरि महर्जन निर्वाचित भएपछि तारकेश्वर नगरपालिकाले प्रत्येक वर्ष नीति निर्माण तथा बजेट तर्जुमाको विषयमा सरोकारवालासँग अन्तरक्रिया गर्दै आएको छ। यसै क्रममा मेयर महर्जनले यसपटक पनि बजेट र नीति योजनालाई थप व्यवहारिक, जनमुखी तथा प्रभावकारी बनाउन सबै पक्षबाट व्यवहारिक र महत्वपूर्ण सुझावको अपेक्षा गर्नुभएको छ।
कार्यक्रम असार ३ गते मंगलबार बिहान ११ बजे धर्मस्थलीस्थित तारकेश्वर नगरपालिकाको सभा हलमा हुने तय गरिएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वरमा नीति तथा बजेट अन्तरक्रिया ३ गते, #मेयर महर्जनद्वारा सुझाव दिन आग्रह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्