Techie IT
शुक्रबार, जेठ १७,२०८२

गणतन्त्र दिवस: टुँडिखेलमा यसरी मनाइयो (तस्बिरहरु)


काठमाडौं । काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा विभिन्न सांस्कृतिक झाँकीहरूको पनि प्रदर्शन गरिएको थियो।

गणतन्त्र दिवस हरेक वर्ष २०६५ साल जेठ १५ गतेका दिनको सम्झनामा मनाइन्छ। यही दिन जननिर्वाचित पहिलो संविधानसभाबाट निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ गरिएको घोषणा गरिएको थियो।

गणतन्त्र दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गणतन्त्र दिवस: टुँडिखेलमा यसरी मनाइयो (तस्बिरहरु)


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:07 am6:55 pm +0545