यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा, धेरै गर्मी हुने अनुमान

काठमाण्डाै – यस वर्षको मनसुनमा सरदरभन्दा धेरै वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज ऋतुगत मनसुन प्रणालीको प्रक्षेपण सार्वजनिक गर्दै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै औसतभन्दा बढी हुने जनाएको हो ।
जेठ १८ गतेदेखि असोज १४ सम्मको चार महिनाको मनसुन अवधिमा देशका धेरै ठाउँमा सरदरभन्दा बढी वर्षा हुने विभागको अनुमान छ । विभागका अनुसार यस वर्ष नेपालको पूर्वी भागमा औसत, मध्य नेपालमा औसतभन्दा केही धेरै तथा पश्चिममा औसतभन्दा धेरै वर्षा हुने देखिन्छ । यस्तै अधिकतम तापक्रम र न्यूनतम ताक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना छ ।
अनुमान सार्वजनिक गर्दै विभागकी प्रवक्ता एवम् वरिष्ठ मोसमविद् विभूति पोख्रेलले प्रि–मनसुन सिजनमै औसतभन्दा बढी वर्षा भई माटोको चिस्यान बढेकाले मनसुनको शुरुआतमा हुने वर्षाले पनि क्षति पुर्याउन सक्ने बताउनुभयो ।
वर्षा राम्रो हुँदा बालीनाली सप्रिएर उत्पादन राम्रो हुने अनुमान गरिए पनि पहिरो, बाढी र डुबानको समस्या पनि ल्याउने भएकाले सावधानी अपाउनुपर्ने राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव वेदनिधि खनालले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #धेरै गर्मी हुने अनुमान, #यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्