गौशालामा गाडीको ब्रेकफेल भएर दुर्घटना हुँदा १५ जना घाइते

काठमाडौँ, जेठ ७ गते । काठमाडौँको गौशालामा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सो दुर्घटनामा ८ वटा सवारी साधन एकैपटक ठोक्किएका थिए ।
बिहान किरब ११ बजे गौशालाबाट एयरपोर्टतर्फ जाँदै गर्दा बस तिलगंगा पशुपति भिजन अगाडी ब्रेक फेल भई विपरीत दिशातर्फ अनियन्त्रित हुँदा दुर्घटना भएको हो । गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भएर दुर्घटना हुँदा आठ वटा सवारी एक आपसमा ठोक्किएका छन् ।
अनियन्त्रित बसका चालक भने फरार रहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहोराले जानकारी दिए । बसले बा५ख ७३१ नम्बरको माइक्रोबस, बा.प्र-०१-०२६ च ८५७६ नम्बरको कार, बी एसी ९७७३ नम्बरको कार, बा१६च ४४५२ नम्बरको कार, प्र-२-०१-००३ प १००५ नम्बरको मोटरसाइकल, बा५१प २२ नम्बरको मोटर साइकल, बा.प्र-०२-०४६ प ४८१९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #गौशालामा गाडीको ब्रेकफेल भएर दुर्घटना हुँदा १५ जना घाइते
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्