Techie IT
बुधबार, जेठ ८,२०८२

पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस


काठमाडौँ, जेठ ७ गते । राष्ट्रियसभा बैठकमा ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस भएको छ । बुधबार बसेको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले उक्त प्रतिवेदन पेस गर्नुभएको हो ।

बैठकमा राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नुभयो । राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक माथिल्लो सभाबाट विसं २०८० माघ २९ गते पारित भएको थियो । उक्त विधेयक प्रतिनिधिसभाबाट यही जेठ ४ गते पारित भएको हो ।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:10 am6:50 pm +0545