Techie IT
बुधबार, जेठ ८,२०८२

योगेशको प्रश्न- प्राविधिक त्रुटि ठहर्‍याइएको पोखरा विमानस्थलमा कसरी उडान भइरहेको छ ?


काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले संसदीय उपसमितिले गम्भिर प्राविधिक त्रुटि ठहर्‍याएको पोखरा विमानस्थलमा कसरी हवाई उडान भइरहेको छ भन्दै प्रश्न उठाएका छन् ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठकमा राजेन्द्र लिङदेन नेतृत्वको उपसमितिको प्रतिवेदनउपर छलफलमा उनले उपसमितिको प्रतिवेदन मान्ने हो भने पोखरा विमानस्थल तत्काल बन्द गर्नुपर्ने जिकिर गरे ।

भट्टराईले भने, ‘सोधपुछ नै नगरी कारवाहीको लिष्टमा राखिएको छ । प्राविधिक त्रुटि भनिएको छ, एयरपोर्टको प्राविधिक पक्षलाई सर्टिफाई गर्ने आईकाओले हो । आईकाओले पोखरा विमानस्थल उडानयोग्य भनेर सर्टिफाइ गरेकोलाई कसरी बदर गर्न सक्छ र प्राविधिक हिसाबले त्रुटिपुर्ण छ भनेर कसरी उपसमितिले भन्न सक्छ ?’

 

उनले थपे, ‘यदि त्रुटिपूर्ण छ भने एउटा विमान पनि उडान र अवतरण गर्न मिल्दैन । कसरी उडान भइरहेका छन् ? यो सामान्य कुरा होइन, प्रतिवेदनमा गम्भिर कमजोरी भएको छ । यो विषयमा टिप्पणी गर्दा धेरै सावधानी अपनाउनुपर्छ ।’

सांसद भट्टराईले पोखरा विमानस्थलबारे अध्ययन गर्न उपसमितिका सदस्य रहेका एक सांसद पूर्ववनमन्त्री रहेकाले स्वार्थ माझिनेगरी आएको प्रतिवेदन स्वीकार गर्न नसकिने बताए । पोखरा विमानस्थल निर्माणको निर्णय प्रक्रियामा सहभागी भएको व्यक्ति नै उपसमितिको सदस्य रहेको भन्दै उक्त प्रतिवेदमा स्वार्थ बाझिएको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #योगेशको प्रश्न- प्राविधिक त्रुटि ठहर्‍याइएको पोखरा विमानस्थलमा कसरी उडान भइरहेको छ ?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Fair
5:10 am6:50 pm +0545