Techie IT
बुधबार, जेठ ८,२०८२

महालेखासँग नाफाघाटाको तालमेल नमिलेपछि अडिट गरौं भन्दा कुलमान मानेनन् : ऊर्जामन्त्री


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले विद्युत प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक रहेको जिकिर गरेका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री खड्काले प्राधिकरणको वित्तीय अवस्थाबारे अन्यौल भइरहेको अवस्थामा विद्युत प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक रहेको बताएका हुन् ।

श्वेतपत्रमार्फत प्राधिकरणको अहिलेको वास्तविक अवस्था बाहिर आएको बताउँदै खड्काले अब चाँडै अडिट हुने जानकारी गराए । महालेखाले प्राधिकरण घाटामा रहेको तथ्याङ्क दिने र तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले नाफा देखाउने कामले द्विविधा उत्पन्न भएकाले नै सो समयमा अडिट गर्ने निर्णय गर्दा कुलमानले निर्णय कार्यान्वयन गर्न नमानेको उनको भनाइ छ । मन्त्री खड्काले प्राधिकरण नाफामा रहेको कुरामा सत्यता नरहेको दाबी गरे ।

 

बैठकमा माओवादी सांसद माधव सापकोटाले कुलमानलाई देउता बनाउने पक्षमा आफूहरु नरहेको तर कुनै पनि राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउन नहुने बताए ।

सरकारलाई मन नपरेको कर्मचारीलाई निकाल्ने प्रचलन उचित नभएको भन्दै उनले नेपालको विद्युत क्षेत्रमा धेरै योगदान गरेको कुलमानलाई केही गरेको छैन भन्ने तर्क गर्नु जायज नभएको टिप्पणी गरे ।

 

प्राधिकरणको अहिलेका प्रमुख र आवश्यक परे महालेखाका साथै कुलमानलाई समेत बोलाएर यथार्थ कुरा बुझ्न समितिसमक्ष माग गरेका छन् ।

सांसद सापकोटाले प्रतिपक्षीले कुलमानको रक्षा गर्ने र सत्तापक्षले कुलमानलाई खेदो खन्ने परिपाटीलाई बन्द गर्नुपर्ने उल्लेख गर्नुभयो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #महालेखासँग नाफाघाटाको तालमेल नमिलेपछि अडिट गरौं भन्दा कुलमान मानेनन् : ऊर्जामन्त्री


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:10 am6:50 pm +0545