शीर्ष डिभिजनमा उक्लियो टोखा को श्री भगवती क्लब

काठमाडौं । ब्वाइज युनियन क्लबविरुद्ध २-१ को जित निकाल्दै श्री भगवती क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । श्री भगवतीले पहिलाे पटक शीर्ष डिभिजनकाे उडान भरेकाे हाे ।
जितसँग दोस्रो स्थामा रहेको श्री भगवतीले १२ खेलमा २६ अंक जोड्यो । प्लानिङ ब्वाइज युनाइटेड यसअघि नै शीर्ष डिभिजनमा उक्लिसकेको छ।
पराजित ब्वाइज युनियन १२ खेलमा १९ अंकका साथ तेस्रो स्थानमा छ ।
मंगलबारसातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ( एन्फा) मुख्यालय मैदानमा भगवतीलाई जित दिलाउन शिशिर लेखी र अजित लामाले गोल गरे । ब्याइज युनियनका सञ्जीव लामाले गोल फर्काए ।
खेलको छैटौं मिनेटमै शिशिरको गोलमार्फत भगवतीले अग्रता लिएको थियो। ३८औं मिनेटमा अजितले टोलीको अग्रता दोब्बर बनाए ।
सञ्जीवले ७९औं मिनेटमा गोल गर्दै ब्याइज युनियनलाई फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शीर्ष डिभिजनमा उक्लियो श्री भगवती
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्