Techie IT
मंगलबार, जेठ ७,२०८२

बस र माइक्रो ठोक्किँदा नौ जना घाइते, पाँच गम्भीर


नवलपुर, जेठ ६ गते । नवलपुरको गैँडाकोट नगरपालिका–९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा ठोक्किँदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार काठमाडौँबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ६६७२ नम्बरको बस र बुटवलबाट नारायणगढ तर्फ जाँदै गरेको लु २ ख ६९८५ नम्बरको माइक्रो बस एकआपसमा ठोक्किँएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी माइक्रो बसका चालक रुपन्देहीको देवदह नगरपालिका–२ का ४२ वर्षीय  बिनोद सिंह ठाकुर, माइक्रोका सहचालक २९ वर्षीय गोपाल मगर, चितवन भरतपुर महानगरपालिका–१६ का २१ वर्षीया अनिता नेपाली, ३६ वर्षीया बिष्णु नेपाली र रुपन्देही बुटवल उपमहानगरपालिका–५ का २२ वर्षीया वर्षात सुबेदी गम्भीर घाइते भएका प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिनुभयो ।

घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुबै सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पाँच गम्भीर, #बस र माइक्रो ठोक्किँदा नौ जना घाइते


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Partly Cloudy
5:10 am6:49 pm +0545