Techie IT
मंगलबार, जेठ ७,२०८२

डा. विश्व पौडेल गभर्नर बन्ने लगभग निश्चित, आजै निर्णय हुने


काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त हुने लगभग निश्चित भएको छ ।

अहिले बसिरहेको सिफारिस समितिको बैठकले उनी र डेपुटी गभर्नर नीलम ढु‌गानासहित ३ जनालाई गभर्नरमा सिफारिस गर्न लागेको स्रोतले बतायो । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटवातार्मामा पौडेलको नाममा सहमति जुटेको थियो ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्ति गर्नेछ । पाैडेल कांग्रेसकाे काेटाबाट गभर्नर बन्न लागेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आजै निर्णय हुने, #डा. विश्व पौडेल गभर्नर बन्ने लगभग निश्चित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:10 am6:49 pm +0545