नेकपा बैठक निष्कर्षविहिन, अर्को बैठक २० गते (प्रेस विज्ञप्तिसहित )
काठमाडौ । नेकपाको बैठक विना निष्कर्ष सकिएके छ । प्रधानमन्त्री निवास वालुवाटारमा ४ घण्टा बसेको बैठक विना निष्कर्ष सकिएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्माओली पक्ष र माधवकुमार नेपाल पुष्पकमल दाहाल बीच मनमाझामाझ गरिएको छ ।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्रीले अवको निकास दिनुपर्नेमा अन्य सचिवालयका सदस्यले माग राखेका थिए । तर केपी ओलीले आफूले अध्यक्ष र प्रधानमन्त्री नछाडन अडान लिएका थिए । अर्को बैठक यहि बैशाख २० गतेलाई वोलाइएको छ ।
प्रेस विज्ञप्ति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयकाे बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अाेली र अर्का अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड” काे संयुक्त अध्यक्षतामा बालुवाटारमा बस्याे ।
बैठकमा पार्टीकाे आन्तरिक एकताकाे सुदृढीकरण, सरकारका काम कारबाही, स्थायी समितिकाे बैठकलगायत विभिन्न विषयहरूमा गहन छलफल भयाे । सबै सदस्यहरूले अाअाफ्ना धारणाहरू राख्नुभयाे ।
बैठकले आन्तरिक छलफल र सरसल्लाह जारी राख्दै आगामी बैशाख २० गते पार्टी सचिवालयकाे बैठक बस्ने निर्णय गरेकाे छ ।
नारायणकाजी श्रेष्ठ
प्रवक्ता
१७ बैशाख २०७७
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #नेकपा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्