Techie IT
मंगलबार, जेठ ७,२०८२

आईपीओको पाइपलाइनबाट सेबोनले हटायो १४ कम्पनी, कुन- कुन परे ?


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ निष्काशनको पाइपलाइनमा रहेका १४ कम्पनीलाई हटाएको छ। लामो समयदेखि आईपीओ निष्काशनका लागि आवेदन दिएर अनुमतिको पर्खाइमा रहेका १४ कम्पनीलाई सेबोनले पाइपलाइनको सूचीबाट हटाएको हो ।

सेबोन स्रोतका अनुसार प्रति शेयर नेटवर्थ ९० रुपैयाँ भन्दा कम रहेका कम्पनीलाई आईपीओको प्रक्रियाबाट हटाइएको हो । सार्वजनिक लेखा समितिले २०८० पुस १३ गते प्रति शेयर नेटवर्थ ९० वा सोभन्दा कम भएका कम्पनीको आईपीओ निष्कासन गर्न नदिन बोर्डलाई निर्देशन दिएको थियो ।

आईपीओ पाइपलाइनको सूचीबाट सबैभन्दा बढी जलविद्युत् कम्पनीहरू रहेका छन् । जसमा सानिमा हाइड्रो पावर, लाफिङ बुद्ध पावर नेपाल, पुवा खोला–वन हाइड्रोपावर लिमिटेड, बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड, पुवा खोला वान हाइड्रोपावर लिमिटेड र रिचेट जलविद्युत कम्पनी छन् ।

त्यस्तै, एपेक्स हस्पिटालिटी लिमिटेड, अर्किड होल्डिङ लिमिटेड, अन्नपूर्ण केवलकार, ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेड, युनिक हाइडेल कम्पनी लिमिटेड, एकर्ड फर्मासुटिकल्स लिमिटेड, सोपान फर्मासुटिकल्स लिमिटेड, कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड र प्रभु हेलिकप्टर लिमिटेड पनि आईपीओको पाइपलाइनबाट सेबोनले हटाएको छ ।

पछिल्लो तथ्यांक अनुसार अहिले ७७ वटा कम्पनीको आईपीओ पाइपलाइनको सूचीमा रहेका छन् । यी कम्पनीहरूको ५२ अर्ब ५३ करोड ८५ लाख १३ हजार बराबरको ३६ करोड ९२ लाख ९८ हजार कित्ता बराबरको आईपीओ निष्काशनका लागि पाइपलाइनमा रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #आईपीओको पाइपलाइनबाट सेबोनले हटायो १४ कम्पनी, #कुन- कुन परे ?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Partly Cloudy
5:10 am6:49 pm +0545