Techie IT
सोमबार, जेठ ६,२०८२

डा. शुभाष घिमिरेद्वारा ‘हाम्रो मायाघर’ निर्माणका लागि ७.५ लाख सहयोग


बर्दिवास, महोत्तरी : ५ जेष्ठ ।
शालिन, भद्र र आफ्नो नामजस्तै कर्मठ कार्यशैलीका कारण परिचित डा. शुभाष घिमिरेले सामाजिक उत्तरदायित्व अन्तर्गत पुनः एक उदाहरणीय कदम चालेका छन् । समाजसेवामा सक्रिय र परिचित व्यक्तित्व डा. घिमिरेले आफ्नो पारिवारिक टिमको सामूहिक उपस्थितिमा ‘मायाघर’ निर्माणका लागि एक कोठे पक्की भवन निर्माणमा लाग्ने रु. ७,५०,००० (सात लाख पचास हजार) सहयोग गर्ने घोषणा गरेका छन् ।

सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका डा. घिमिरेको यो योगदानले समुदायमा सकारात्मक सन्देश मात्र दिएको छैन, सेवा र सहयोगप्रतिको उच्च भावना पनि झल्काएको छ ।

उनको यो कदमले सामाजिक उत्तरदायित्वमा प्रेरणादायी योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

 

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Light Rain
5:11 am6:49 pm +0545