टोखा नगरपालिका–३ मा क्रिस्टलको माला बनाउने तालीम सुरु

टोखा, काठमाडौं । टोखा नगरपालिका–३, सरस्वतीमा हिजोबाट क्रिस्टलको माला बनाउने तालीम सुरु गरिएको छ। वडा कार्यालयको आयोजनामा सुरु भएको उक्त तालीमको औपचारिक उद्घाटन एक कार्यक्रमबीच सम्पन्न भयो ।
तालीम उद्घाटन कार्यक्रममा वडा अध्यक्ष रमेश डंगोलले उद्यमशीलता र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले यस्ता तालिमको आयोजना गरिएको बताए । उनले वडा कार्यालयले सधैं सीपमूलक तालिममार्फत स्थानीय युवायुवती र महिलाहरूलाई आत्मनिर्भर बनाउने अभियानलाई प्राथमिकतामा राखेको बताए । अध्यक्ष डंगोल सामाजिक विकासमा सक्रिय, निस्वार्थ सेवा भावले अघि बढ्ने जनप्रतिनिधिका रूपमा चिनिन्छन् ।
कार्यक्रमको संयोजन वडा सचिव सानु श्रेष्ठले गरेका थिए । सचिव श्रेष्ठ दीर्घकालीन सेवाप्रति समर्पित, कुशल प्रशासक तथा समुदायसँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयनमा सशक्त भूमिका खेल्ने कर्मचारीको रूपमा परिचित छन् । तालीम व्यवस्थित रूपमा संचालन गर्न उनले सक्रिय पहल गरेका थिए ।
वडा सदस्य शान्ता राईले कार्यक्रममा सहभागी महिलाहरूलाई शुभकामना दिँदै तालीमलाई सफल र प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाइन् । सामाजिक कार्यमा सक्रिय र समुदायमै केन्द्रित रहेर महिलाको सशक्तिकरणमा क्रियाशील सदस्य राईको उपस्थिति कार्यक्रमको थप प्रेरणादायी पक्ष बन्यो ।
कार्यक्रम २०८२ साल बैशाख २३ गते वडा कार्यालय परिसरमा सम्पन्न भएको हो । आयोजकका अनुसार तालीमले स्थानीय महिलाहरूलाई रोजगारीमूलक सीपमा दक्ष बनाउँदै स्वरोजगारतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका–३ मा क्रिस्टलको माला बनाउने तालीम सुरु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्