Techie IT
बुधबार, वैशाख २४,२०८२

प्रचण्ड घरमा होइन रिसोर्टमा लडेका खुलासा !


काठमाडौं, २४ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर सामान्य घाइते भएका छन् ।

गएराति उनी लडेर सामान्य घाइते भएका हुन् । यसैबीच उनी घरकै बाथरूममा लडेको बताइएको भएपनि उनी रिसोर्टमा लडेको खुलासा भएको छ ।

उनी ललितपुर लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा लडेका हुन् । उनी आफ्ना आफन्तसहित गएराति रिसोर्टमा बास बस्न पुगेका थिए । त्यही बेला उनी लडेका हुन् ।

टेरेस रिसोर्ट महँगोमध्येको एक रिसोर्ट पर्दछ । जहाँ सामान्य कोठाको मूल्य ३१ हजार ७ सय २५ रूपैयाँ पर्दछ ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रचण्ड घरमा होइन रिसोर्टमा लडेका खुलासा !


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:17 am6:42 pm +0545