प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति तुरुन्त सार्वजनिक गर्न प्रकाश ज्वालाको माग

काठमाडौं, २४ वैशाख । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री र मन्त्रको सम्पत्ति तुरुन्त सार्वजनिक गर्न माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले दैनिक उपभोग्य वस्तु र सिमेन्टमा पटक–पटक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको भन्दै प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति गोप्य राखेर कस्तो पारदर्शिता पढाउन खोजेको हो ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘यतिबेला देशमा अनियमितता बेतिथि र कुशासन व्याप्त छ । सरकारी कार्यालयहरुमा ढिला सुस्ती र खुलेआम रुपमा घुसखोरी छ । दैनिक उपभोग्य वस्तु र सिमेन्टमा पटक–पटक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको छ । अर्कोतिर प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति गोप्य राखेर कस्तो पारदर्शिता पढाउन खोजेको हो ? मन्त्री र प्रधानमन्त्रीको सम्पति तुरुन्त सार्वजनिक गरियोस् ।’
त्यस्तै, उनले मन्त्रालय जति सिंहदरबारभित्र थुपार्ने, फलामे गेटले घेरेर जेल जस्तै बनाउने, अनि जनतालाई प्रवेश निषेध गर्ने कुरा स्वीकार नहुने धारणा राखे । सिंहदरबारको गेट खुला गरेर जनतालाई सहज प्रवेश गराउन उनको माग छ ।
उनले भने, ‘अहिलेको ठूलो समस्या भनेको कुशासन हो । कुशासनको जिउँदो नमुना सिंहदरबार गेट हो । त्यहाँ भएको जनताको लाईनमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । मन्त्रालयजति सिंहदरबारभित्र थुपार्ने, फलामे गेटले घेरेर जेल जस्तै बनाउने, अनि जनतालाई प्रवेश निषेध गर्ने कुरा स्वीकार छैन् । गेट खुला गरेर जनतालाई सहज प्रवेश गराइयोस् ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति तुरुन्त सार्वजनिक गर्न प्रकाश ज्वालाको माग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्