नुवाकोटको समृद्धिका लागि नेकपा (एमाले)ले अर्थ र पूर्वाधार मन्त्रीलाई बुझायो मागपत्र (पूर्ण पाठ)

नेकपा (एमाले) नुवाकोटले जिल्लाको समग्र विकास र समृद्धिका लागि आवश्यक योजना समेटिएको मागपत्र नेपाल सरकारका उप–प्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई बुझाएको छ।
एमाले नुवाकोट जिल्ला इन्चार्ज केशवराज पाण्डेको उपस्थितिमा जिल्ला कमिटी अध्यक्ष बद्री मैनालीले मन्त्रीद्वय समक्ष उक्त मागपत्र पेश गरेका हुन्। मागपत्रमा नुवाकोटबाट पहिचान गरिएका महत्वपूर्ण पूर्वाधार तथा विकास योजना समावेश गरिएको छ।
योजनाको संख्या भन्दा पनि त्यसको प्रभाव र प्राथमिकतालाई ध्यान दिइएको अध्यक्ष मैनालीले बताए। उनका अनुसार जिल्लाका निर्वाचित सांसदहरू विकासका मुद्दामा मौन रहेका बेला पार्टी नेतृत्वले अघि सारेको यो प्रयास नुवाकोटका लागि सकारात्मक अभ्यास हो।
यसअघि मैनालीले बागमती प्रदेश सरकारलाई समेत योजनाहरू पेश गरिसकेको स्मरणीय छ। मागपत्र बुझाउने कार्यक्रममा स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #नुवाकोटको समृद्धिका लागि नेकपा (एमाले)ले अर्थ र पूर्वाधार मन्त्रीलाई बुझायो मागपत्र
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्