टोखा–९ मितेरी पुलबाट सुरु भयो विहानी जागरणसँगै विष्णुमति सफा बनाउने अभियानको ३९ औं यात्रा

काठमाडौं, २१ बैशाख । विष्णुमति नदीको संरक्षण तथा सरसफाईको निरन्तर प्रयासस्वरूप शुक्रबार बिहान ६ः३० बजे ३९ औं हप्ताको विष्णुमति करिडोर सरसफाई अभियान सुरु गरिएको छ । टोखा नगरपालिका–९ स्थित मितेरी पुल क्षेत्रबाट सुरु गरिएको अभियानमा स्थानीयवासी, समाजसेवी, विभिन्न संघसंस्था, युवा समूह तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता देखिएको छ।
नदी प्रदूषण न्यूनीकरण, वातावरण संरक्षण तथा जनचेतना अभिवृद्धिको उद्देश्यले सञ्चालन हुँदै आएको यस अभियान अन्तर्गत नदी किनारमा रहेका प्लास्टिक तथा अन्य फोहोर पदार्थ संकलन, वर्गीकरण तथा व्यवस्थापन गरिएको संयोजकहरूले जनाएका छन् । अभियानमा प्रशासकीय प्रमुख शेरबहादुर बिसी, वडा अध्यक्ष, वडा सदस्यहरु लगायतका जनप्रतिनिधिहरूको उपस्थिति रहँदा स्थानीय समुदायमा वातावरणीय सचेतना अभिवृद्धि गर्न थप प्रेरणा मिलेको सहभागीहरू बताउँछन्।
संयोजकहरूले विष्णुमति नदीलाई पुरानै स्वरूपमा फर्काउने साझा सपना साकार पार्न समुदायको सक्रिय सहभागिता र दीर्घकालीन सरकारी प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका छन्। उनीहरूका अनुसार, “हामी प्रत्येक हप्ता निरन्तर अभियान चलाउँदै आएका छौं, जसले दीगो वातावरणीय संरक्षणमा सकारात्मक प्रभाव पारिरहेको छ।”
क्याटेगोरी : समाचार
ट्याग : #टोखा–९ मितेरी पुलबाट सुरु भयो विहानी जागरणसँगै विष्णुमति सफा बनाउने अभियानको ३९ औं यात्रा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्