करुणा फाउण्डेसनबाट संखुवासभाका १० स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग
करुणा फाउण्डेसन नामक संस्थाले संखुवासभा जिल्लाका १० वटा स्थानीय तहलाई जिल्ला समन्वय समितिको समन्वयमा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
मंगलबार जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले जिल्ला १० वटै स्थानीय तहलाई एक कार्यक्रम बिच हस्तान्तरण गर्नुभएको हो । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमण जोखिम नियन्त्रण गर्नका लागि स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । करुणा फाउण्डेसनले सिधै स्थानीय तहलाई हस्तान्तरण गर्न नमिल्ने भएपछि एकद्धार प्रणालीबाट जिल्ला समन्वय समिति मार्फत पालिकाहरुलाईसहयोग उपलब्ध गराएको हो ।
स्वास्थ्य सामग्री बुझ्न १० वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधीहरु खाँदबारी आएका थिए । फाण्डेसनले सर्जिकल माक्स, एन ९५ माक्स, थर्मगन, पञ्जा, पिपिई सेट, आइआर, सेनिटाइजर लगायत अतिआवश्यक स्वास्थ्य सामग्रीहरु जिल्लाभित्रका १० स्थानीय तह र जिल्ला अस्पताललाई सहयोग गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले एकद्धार प्रणालीबाट जिल्लाका सबै पालिकाहरुलाई समान रुपमा अहिलेको महामारीको समयमा स्वास्थ्य सामग्री सहयोग गरेको भन्दै करुणा फाउण्डेसनलाई धन्यवाद दिनुभयो । शाक्यले यो संकटको समय साना–साना सहयोगले समेत ठूलो उपलब्धी र राहत महसुस गरेको बताउनुभयो ।
प्रदेश नम्बर १ भित्रका सात जिल्लाका ६९ पालिकाहरुमा स्वास्थ्य सामग्री वितरण गर्ने क्रममा अन्तिम जिल्लाको रुपमा संखुवासभा आइपुगेको करुणा फाउण्डेसनका बरिष्ठ कार्यक्रम ब्यबस्थापक कमल कोइरालाले बताउनुभयो । उँहाले कोरोना भाइरसको जोखिम नियन्त्रण गर्नका लागि स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको बताउनुभयो ।
एक नम्बर प्रदेशको सामाजिक बिकास मन्त्रालयसंगको सहकार्यमा ६५ लाख रुपैया बराबरको स्वास्थ्य सामग्री ६९ वटा पालिकाहरुमा बाँडिएको ब्यबस्थापक कोइरालाको भनाइ छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्