करुणा फाउण्डेसनबाट संखुवासभाका १० स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

करुणा फाउण्डेसन नामक संस्थाले संखुवासभा जिल्लाका १० वटा स्थानीय तहलाई जिल्ला समन्वय समितिको समन्वयमा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
मंगलबार जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले जिल्ला १० वटै स्थानीय तहलाई एक कार्यक्रम बिच हस्तान्तरण गर्नुभएको हो । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमण जोखिम नियन्त्रण गर्नका लागि स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । करुणा फाउण्डेसनले सिधै स्थानीय तहलाई हस्तान्तरण गर्न नमिल्ने भएपछि एकद्धार प्रणालीबाट जिल्ला समन्वय समिति मार्फत पालिकाहरुलाईसहयोग उपलब्ध गराएको हो ।
स्वास्थ्य सामग्री बुझ्न १० वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधीहरु खाँदबारी आएका थिए । फाण्डेसनले सर्जिकल माक्स, एन ९५ माक्स, थर्मगन, पञ्जा, पिपिई सेट, आइआर, सेनिटाइजर लगायत अतिआवश्यक स्वास्थ्य सामग्रीहरु जिल्लाभित्रका १० स्थानीय तह र जिल्ला अस्पताललाई सहयोग गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले एकद्धार प्रणालीबाट जिल्लाका सबै पालिकाहरुलाई समान रुपमा अहिलेको महामारीको समयमा स्वास्थ्य सामग्री सहयोग गरेको भन्दै करुणा फाउण्डेसनलाई धन्यवाद दिनुभयो । शाक्यले यो संकटको समय साना–साना सहयोगले समेत ठूलो उपलब्धी र राहत महसुस गरेको बताउनुभयो ।
प्रदेश नम्बर १ भित्रका सात जिल्लाका ६९ पालिकाहरुमा स्वास्थ्य सामग्री वितरण गर्ने क्रममा अन्तिम जिल्लाको रुपमा संखुवासभा आइपुगेको करुणा फाउण्डेसनका बरिष्ठ कार्यक्रम ब्यबस्थापक कमल कोइरालाले बताउनुभयो । उँहाले कोरोना भाइरसको जोखिम नियन्त्रण गर्नका लागि स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको बताउनुभयो ।
एक नम्बर प्रदेशको सामाजिक बिकास मन्त्रालयसंगको सहकार्यमा ६५ लाख रुपैया बराबरको स्वास्थ्य सामग्री ६९ वटा पालिकाहरुमा बाँडिएको ब्यबस्थापक कोइरालाको भनाइ छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्