Techie IT
आईतबार, वैशाख २१,२०८२

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, १५ चैत । एक सातामै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

बिहीबारकोे तुलनामा आज (शुक्रबार) सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै, चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #कतिमा हुँदैछ कारोबार ?, #सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:20 am6:40 pm +0545