Techie IT
बुधबार, वैशाख २४,२०८२

प्रेस चौतारी नेपालको नयाँ नेतृत्वलाई प्रधानमन्त्री ओलीको बधाई


काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओलीले चौतारीको केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन हुनुले राम्रो सन्देश दिएको बताउँदै अब व्यावसायिक, वैचारिक र सांगठनिक काममा सक्रिय हुन आग्रह गरे । यही चैत १० देखि १२ गतेसम्म विराटनगरमा भएको चौतारीको दशौं राष्ट्रिय महाधिवेशनबाट गणेश पाण्डेको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको थियो ।

अध्यक्ष ओलीले चौतारीको नेतृत्व चयनका सन्दर्भमा आकांक्षीहरुले आफूसँग भेट गरे पनि आफूले कसैलाई कुनै पदमा राख्नु भनेर नतोकेको स्पष्ट गर्दै महाधिवेशनले सहमतिका साथ नेतृत्व चयन गरोस् भन्ने कामना मात्रै राखेको स्मरण गराए ।

 

प्रधानमन्त्री ओलीले झुठ बाहेक केही नबोल्ने र अरुलाई आरोप लगाउनेहरुबाट बचेर देशको समृद्धि र सामाजिक सद्भाव एवं एकताका लागि सञ्चार क्षेत्रबाट योगदान दिनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालको सही सदुपयोग गर्दै साम्प्रदायिक, जातीय, भाषिक, क्षेत्रीय र लैङ्गिकताका नाममा संगठनभित्र कुनै पनि प्रकारको रोग (भाइरस) छिर्न नदिनेतर्फ सचेत गराए ।

भेटका अवसरमा चौतारीका नवनिर्वाचित अध्यक्ष पाण्डे, निवर्तमान अध्यक्ष गणेश बस्नेत, पूर्वअध्यक्ष राजेन्द्र अर्याल, वरिष्ठ नेता विश्वमणि सुवेदीलगायत सहभागी थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रेस चौतारी नेपालको नयाँ नेतृत्वलाई प्रधानमन्त्री ओलीको बधाई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:18 am6:42 pm +0545