Techie IT
मंगलबार, वैशाख २३,२०८२

आफ्नै पार्टी कार्यालयमा खेलकुदमन्त्रीलाई कालोझण्डा


काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कांग्रेस केन्द्रीय कार्यालय परिसरमा कालोझण्डा देखाइएको छ । उनलाई आफ्नै कार्यालय सानेपामा बिहीबार कालोझण्डा देखाइएको हो ।

बाहिरबाट आएर पार्टी कार्यालय प्रवेश गरेको एउटा समूहले खेलकुदमन्त्री चौधरीको विरोधमा नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् ।

 

प्रदर्शनमा उत्रिएका उक्त समूहका प्रदर्शनकारीहरूले ‘खेलकुदमन्त्री राजीनामा दे’, ‘नेपाली कांग्रेस जिन्दावा’, ‘संगठनविरोधी गतिविधि अन्त्य गर’ लगायतका नारा लगाएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आफ्नै पार्टी कार्यालयमा खेलकुदमन्त्रीलाई कालोझण्डा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:18 am6:42 pm +0545