Techie IT
बुधबार, वैशाख २४,२०८२

तस्वीरमा हेरौँ एसईई परीक्षा


काठमाडौं, ७ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ ।

आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । हरेक दिन परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एसईई सञ्चालन भएको छ ।

परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन भएको छ ।

यसवर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तस्वीरमा हेरौँ एसईई परीक्षा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:18 am6:42 pm +0545