Techie IT
बिहीबार, वैशाख २५,२०८२

नेपालटार डाँडागाउँ सडकखण्ड कालोपत्रे सुरु, यस्ता छन् ढिलो हुनुका कारणहरू


काठमाडौं । बहुप्रतिक्षित नेपालटार-डाँडागाउँ सडकखण्ड कालोपत्रे कार्य सुरु भएको छ। ठेकेदार कम्पनी प्रकृति कन्स्ट्रक्सन एण्ड सप्लायर्सका अनुसार मङ्गलबारसम्म पिच कार्य सम्पन्न गरिनेछ।

 

कालोपत्रे कार्य सम्पन्न भएपछि स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको समस्या समाधान हुनेछ। कालोपत्रे सडकको अनुगमनका लागि नगर प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, स्थानीय जनप्रतिनिधि, प्राविधिक टोली तथा अन्य सरोकारवालाहरू उपस्थित भएका छन्।

मेयर महर्जनले गुणस्तर (Quality) र मात्रामा (Quantity) कुनै सम्झौता नगर्न निर्देशन दिएका छन्। साथै, यो सडक तारकेश्वर नगरपालिकाको नमुना सडक बन्ने र नुवाकोट हुँदै केरुङ जोड्ने मुख्य मार्ग भएकाले यसको विकास महत्त्वपूर्ण रहेको बताएका छन्।

नेपालटार-डाँडागाउँ सडकखण्डमा कालोपत्रे कार्य ढिलो हुनुका विभिन्न कारणहरू रहेका छन्। यस सडक खण्डमा कालोपत्रे ढिलो हुनुका कारणमा मौलिक शैलीको गेट निर्माण, ढल व्यवस्थापन,, खानेपानी पाइप परिवर्तन र विद्युत तार भूमिगत गर्ने कार्य रहेका छन् । बर्सातको समयमा सडकमा पानी जम्ने समस्या हटाउन ढल व्यवस्थापन कार्य गरिएको मेयर महर्जनले बताउनुभयो। यसैगरी फुटेका र पुराना खानेपानी पाइपहरु पनि प्रतिस्थापन गरिएका छन् भने नगरपालिका प्रवेशद्वारमा मौलिक शैलीको नेपाली शैलीको प्रवेशद्वार निर्माण गरिएको छ। नेपाल विद्युत प्राधिकरणले सडक किनारामा बिजुली तारहरू भूमिगत गरेको छ ।

 

यी पूर्वाधार सुधारका कार्यहरू पूरा भएपछि मात्र सडक पिच गर्ने कार्य सुरु गरिएको हो। नगरपालिकाले गुणस्तरीय कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको छ, जसले गर्दा यो सडक उदाहरणीय सडकका रूपमा विकास हुने विश्वास गरिएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपालटार डाँडागाउँ सडकखण्ड कालोपत्रे सुरु, #यस्ता छन् ढिलो हुनुका कारणहरू


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:17 am6:42 pm +0545