एक अर्ब ८९ लाख बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा सात भारतीय नागरिक पक्राउ
पक्राउ परेकामाथि अनुसन्धान हुँदै : फपिङ प्रहरी
काठमाडौं । ईलाका प्रहरी कार्यालय फपिङले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को सङ्गठित कारोबारी तथा अनलाइन ठगीमा संलग्न सात जना भारतीय नागरिकलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा भारत राजस्थान राज्य जिल्ला दोसा वस्वा नगरपालिका ग्राम बस्ने २१ बर्षीया अजय सैनी, सोही ठाउँमा बस्ने १८ बर्षीया हिमान्सु सैनी, २६ बर्षीया अंकित सैनी, १९ बर्षीया आर्यन सैनी, २० बर्षीया अभिषेक सैनी, १८ बर्षीया बिरेन्द्र गुर्जार र भारत राजस्थान राज्य जिल्ला अलवर राजगढ नगरपालिका धमरेड बस्ने ४२ बर्षीया उमाशंकर शर्मा रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट बिभिन्न कम्पनीको मोबाइल ३२ थान र पावर बैंक ३ थान समेत बरामद गरेको छ । अभौतिक मुद्राको कारोबार गरेको आरोपमा फपिङको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय फपिङका प्रहरी निरीक्षक रमेश बिष्टका अनुसार पक्राउ परेका प्रतिवादीहरु भारतीय गाडीमा सवार भई हेटौंडा हुँदै काठमाडौं जाँदै थिए ।
प्रहरीको नियमित चेकजाँच टोलीले उनीहरूको सवार आरजे १४ टिजी २०२८ नम्बरको भारतीय गाडीलाई दक्षीणकाली नगरपालिका -५ स्थितमा रहेको फपिङ चेकपोस्टमा रीतपुर्वक नियन्त्रणमा लिइ चेकजाँच गर्दै गर्दा बिनास एकाउन्ट खोली अभौतिक मुद्दा किप्टो करेन्सी मार्फत एक करोड उनान्नब्बे लाख तीन सय ३५ रुपैयाँ बाह्र पैसा भन्दा बढी अवैध कारोबार गरेको देखिएको हुँदा तत्कालै नियन्त्रणमा लिइएको बिष्टले बताए । पक्राउ परेका भारतीय नागरिकलाई अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको समेत प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।
नेपाल आएर क्रिप्टोकरेन्सीको कारोबार गरिरहेका भारतीय नागरिक पछिल्लोपटक पक्राउ पर्ने क्रम बढ्दै गएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एंवम् प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
क्रिप्टो कारोबार तथा अनलाइन जुवा लगायतका कसुर ‘काम गर्न सजिलो हुने’ जुनसुकै ठाउँबाट हुनसक्ने भन्दै उनले यस्ता अपराधमा संलग्न हुनेहरूले त्यस्तै खालका गन्तव्य खोजिरहेको हुनसक्ने बताए।
बोहोरा थप्छन्, “भारतमा यो गैरकानुनी छ। हामीकहाँ आउन र काम गर्न भारतीयहरूलाई उति अप्ठेरो पनि छैन। जहाँ कडा खालको कानुनी व्यवस्था बनिसकेको छैन, वा बन्ने क्रममा छ, त्यस्ता ठाउँलाई विभिन्न यस्ता गिरोहले रोज्ने गरेको छ ।
कानुनी ब्यवस्थामा के छ ?
विक्रम सम्वत् २०७४ मा नेपाल राष्ट्र ब्याङ्कले बिट्कोइन कारोबार गैरकानुनी रहेको भन्दै सूचना जारी गरेको थियो। नेपालको मुलुकी अपराध संहिता २०७४को परिच्छेद २२ मा मुद्रा सम्बन्धी कसुरहरू बारे चर्चा गरिएको छ। त्यसको एउटा बुँदामा रोक लगाइएको मुद्रा चलन चल्तीमा ल्याउने काम दण्डनीय भएको उल्लेख छ। दफा २६२ को (क) मा रोक लगाउन आदेश दिइएको मुद्रा राख्ने, चलनचल्तीमा ल्याउने वा लेनदेन गर्ने कसुरमा एक वर्षसम्म कैद वा १० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुनसक्ने जनाइएको छ।
नेपालमा क्रिप्टो सम्बन्धी कारोबार गर्नेहरूलाई राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलनको आरोप लगाउँदै मुद्दा दायर गरेको पनि पाइन्छ। त्यसबारेको कानुनी व्यवस्थामा रकम खुलाउन नसकिने अवस्थामा २ लाख रुपियाँसम्म र कसुरसँग सम्बन्धित विनिमयको बिगो कायम गरी त्यसरी कायम हुन आएको बिगो रकम वा बिगोको ३ गुणासम्म जरिवाना गर्न सकिने प्रावधान छ।
कानुनी रूपमा प्रतिबन्धित भए पनि नेपालमा लुकीछिपी क्रिप्टोकरेन्सीको कारोबार भइरहेको अधिकारीहरू बताउँछन्। भारतमा सन् २०१३ को डिसेम्बरबाट नै बिटकोइन जस्ता भर्चुअल मुद्राहरूलाई मान्यता दिएको छैन।
सन् २०१८ मा रिजर्भ ब्याङ्कले जारि गरेको एउटा सर्कुलरले त्यस्ता मुद्राका जोखिमलाई ध्यान दिदैँ भर्चुअल मुद्राको कारोबारलाई रोक लगाउने निर्णय गरिएको जनाएको थियो। त्यसबाहेक सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन अन्तर्गत पनि क्रिप्टो कारोबारलाई नियमन गर्ने गरिएको छ। सन् २०२० मा भारतको सर्वोच्च अदालतले क्रिप्टोकरेन्सीको पक्षमा उक्त प्रतिबन्ध उल्टाउँदै एउटा निर्णय दिएको थियो। तर, पनि करको स्वघोषणासहित कतिपय कठोर प्रावधानहरूका कारण भारतमा क्रिप्टोको कारोबार सहज नरहेको जानकारहरू बताउँछन् ।
क्रिप्टो करेन्सी भनेको के हो ?
क्रिप्टोकरेन्सी भनेको भर्चूअल मुद्रा हो जसको अस्तित्व अनलाइनमा सीमित छ। भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको मूल्य तोकिएको हुन्छ।बयो भर्चूअल मुद्राको कुनै केन्द्रीय ब्याङ्क हुँदैन अर्थात् यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन।
संसारभरका कम्प्युटरमा राखिएको डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुन्छ।
क्रिप्टोकरेन्सीको प्रयोग गरी सरसामान खरिद गर्न वा भुक्तानी गर्न सकिन्छ। यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राख्न सकिन्छ।
सबै क्रिप्टोकरेन्सी ब्लकचेन भनिने प्रविधिमा आधारित हुन्छन्। सन् २००९ देखि चर्चामा आएको बिटकोइन पहिलो क्रिप्टोकरेन्सी हो।
बिटकोइनको संस्थापन श्रेय सातोशी नाकामोतोलाई दिइएको छ। तर, रोचक कुरा के छ भने सातोशी नाकामोतो को हुन् भनेर आजसम्म कसैलाई थाहा छैन।
हालसम्म हजारौँको सङ्ख्यामा क्रिप्टोकरेन्सी अस्तित्वमा आएका छन् र नयाँ क्रिप्टोकरेन्सी थपिने क्रम पनि जारी छ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, समाज, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्