Techie IT
मंगलबार, वैशाख ३०,२०८२

१० वर्षमा ६ लाख विद्यार्थीले लिए एनओसी, अष्ट्रेलियाका लागि लिने धेरै, पाँचौंमा अमेरिका


५ माघ, काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीले १० वर्षमा ६ लाख ३९ हजार १४८ वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका प्रमुख रमेश घिमिरेका अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्म मात्रै विद्यार्थीले ५५ हजार एनओसी लिएका छन् । ‘केही वर्षयता एनओसी लिने विद्यार्थीको संख्या उस्तैउस्तै देखिन्छ,’ उनले भने ।

 

शाखाले गत आर्थिक वर्ष २०८०/८१ मा १ लाख १२ हजार ९ सय ६८ एनओसी दिएको थियो ।

सबैभन्दा धेरै विद्यार्थीले अष्ट्रेलियाका लागि एनओसी लिएका छन् । दोस्रोमा जापान, तेस्रोमा यूके, चौथोमा क्यानडा, पाँचौँमा अमेरिका, छैटौंमा कोरिया र सातौंमा भारतका लागि लागि एनओसी लिएको शाखा प्रमुख घिमिरेले बताए ।

 

एनओसी लिएका कति विद्यार्थी विदेशीय भन्ने यकिन तथ्यांक भने सरकारसँग छैन । एउटै विद्यार्थीले एकभन्दा बढी एनओसी लिएका हुन्छन् ।

१० वर्षमा विद्यार्थीले लिएको एनओसीको संख्या
उच्च शिक्षा अध्ययनका लागि बर्सेनि विद्यार्थी बाहिरिनेको संख्या बढीरहेको छ । १० वर्षको अवधिमा विद्यार्थीले ६ लाख ३९ हजार १४८ एनओसी लिएका छन् ।

एनओसीको संख्या
२०७१/०७२
30,797
२०७२/०७३
37,148
२०७३/०७४
50,796
२०७४/०७५
58,758
२०७५/०७६
63,417
२०७६/०७७
33,196
२०७७/०७८
28,883
२०७८/०७९
112,968
२०७९/०८०
110,217
२०८०/०८१
112,968
उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी बाहिरिने क्रम बढीरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #१० वर्षमा ६ लाख विद्यार्थीले लिए एनओसी, #breaking, #अष्ट्रेलियाका लागि लिने धेरै, #पाँचौंमा अमेरिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:14 am6:45 pm +0545