प्रेस सेन्टर नेपाल नुवाकोटको अध्यक्षमा जगदीश खनाल

नेकपा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल नुवाकोटको अध्यक्षमा जगदीश खनाल निर्वाचित भएका छन् । संगठनको चौथो जिल्ला सम्मेलन सम्मेलनद्वारा खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन भएको छ । अध्यक्षमा निर्वाचित खनाल विगत १५ वर्षदेखि नुवाकोटमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका छन् । उनी रेडियो जालपा र नुवाकोट न्युज अनलाइनका सञ्चालक संगै पत्रकार महासंघ नुवाकोटका उपाध्यक्ष पनि हुन् ।
अधिवेशनले उपाध्यक्षमा सुजित भण्डारी, महिला उपाध्यक्षमा प्रीतिका थापा, सचिवमा प्रल्हाद पुडासैननी, सहसचिवमा दिपेश न्यौपाने, अर्का सहसचिव महिलामा सुनिता गुरुङ र कोषाध्यक्षमा द्वारिका प्याकुरेललाई चयन गरेको प्रेस सेन्टर नुवाकोटका निवर्तमान अध्यक्ष रामहरि गजुरेलले जानकारी दिए ।
यस्तै अधिवेशनबाट सदस्यहरु करुणा लामिछाने, पार्वती बि.क. बिनिता पनेरु, पुन्यप्रभा ढुङ्गानालाई सर्वसम्वत रुपमा चयन गरेको छ । केन्द्रीय प्रतिनिधिमा बद्रीप्रसाद प्याकुरेल,रामहरि गजुरेल बिष्णु प्रसाद अधि
कारीलालाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा,रुपा अर्याल,करुणा लामिछाने,शारदा प्रसाद ढकाललाई चयन गरेको छ ।

शनिबार सम्पन्न भएकोअधिवेशनको उद्घाटन माओवादीका पोलिब्यूरो सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद हितबहादुर तमाड.ले गरेका थिए । समे अवसरमा स्मारिका बिमोचन, रवि ईच्छुक जनपक्षीय पत्रकारिता समेत प्रदान गरिएको थियो । सो सम्मान पत्रकारद्धय बद्रीप्रसाद प्याकुरेल र कपिलदेव खनाललाई प्रदान गरिएको थियो ।
कार्यक्रमा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्र बिक्रम ठकुरी,माओवादीका नेता हिरानाथ खतिवडा, पुष्प लामिछाने, प्रेस चोतारी नेपाल नुवाकोटका अध्यक्ष श्रीराम अधिकारीसहित पत्रकार तथा माओवादी जिल्ला नेताहरुको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रेस सेन्टर नेपाल नुवाकोटको अध्यक्षमा जगदीश खनाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्