काठमाडौं महानगरकाे दादागिरीले शारीरिक र मानसिक दबाब बढेकाे भन्दै कबाडी व्यवसायीले गुहारे मानव अधिकार आयाेग

काठमाडौं । कवाड व्यवसायी समाज नेपालले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरलाई ज्ञापन पत्र बुझाएका छन् ।
कवाडी व्यवसायीहरुले आज आयोगका अध्यक्ष मगरलाई भेटेर काठमाडौं महानगरपालिकाले एक वर्षदेखि कवाडहरुमा डोजर चलाउने, महानगर प्रहरीले व्यवसायीलाई कुटपीट, गाली गलौज तथा अभद्र व्यवहार गर्ने गरेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
महानगर प्रहरीले दादागिरी शैलीमा कुटपटि गर्दा व्यवसायी अङ्गभङ्ग हुनु परेको र केहि मानिस अझै उपचाररत रहेका उनीहरुले बताएका छन् । पेशा व्यवसायमा आवद्ध मानिसको गरिखाने आधार भत्काइरहेको ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
व्यवसायी शारिरिक र मानसिक दवाव झेल्न वाध्य भएको बताउँदै हाल साइकलमा कवाड संकलन गर्दै आएका संकलकका साइकल र कवाड समान जफत गरिरहेको उनीहरुले गुनासो गरेका छन् ।
प्रचलित कानुन बमोजिम दर्ता भई आफ्नो पेशा व्यवसाय गर्दै आएका कवाड व्यवसायीमाथि भइरहेका अराजक गतिविधि रोक लगाई कवाड व्यवसायीलाई स्वतन्त्र रुपमा आफ्नो पेशा व्यवसाय गर्न पाउने हक सुनिश्चित गरिदिन अध्यक्ष मगरसमक्ष अनुरोध गरेका छन् ।
प्रचलित कानून बमोजिम सम्बन्धित निकायको अनुमतिमा काठमाडौं महानगरपालिकाको ३२ वटै वडाहरुमा कवाड व्यवसाय संचालन गर्दै आइरहेका थिए । तर महानगरपालिकाले भने कवाडी व्यवसायीमाथि जाइलाग्ने गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरकाे दादागिरीले शारीरिक र मानसिक दबाब बढेकाे भन्दै कबाडी व्यवसायीले गुहारे मानव अधिकार आयाेग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्