‘केवलकारविरोधी’ को अराजकताः समर्थनमा उभिएकै कारण मावोमाथि हातपात र दुर्व्यवहार

पाथीभरामा केवलकार निर्माणको समर्थन गरेको भन्दै एक स्थानीय नेतालाई सार्वजनिक स्थलमा दुर्व्यवहार गरिएको छ । नागरिक उन्मुक्ति पार्टीमा समेत आवद्ध रहेका किराँत याक्थुङ चुम्लुङका उपाध्यक्ष पदम चेन्जी मावोमाथि सार्वजनिक स्थलमै मसो दलेर हातपात गरिएको हो ।
धरान- ९ स्थित पुतली लाइनमा याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पुगेर ‘नो केबलकार समूह’ ले चेन्जीलाई मोसो दलेका थिए ।
याक्थुङ चुम्लुङको फागुन १ गतेदेखि धरानमा महाधिवेशन भएको थियो । महाधिवेशनका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नै मावोलाई मोसो दलेर दुर्व्यवहार गरिएको प्रहरीले जनाएको छ ।
मावोको समूहले लिम्बूहरू किराँत नभएको भन्दै छुट्टै अभियान सञ्चालन गर्दै आएको छ । जसपा धरानका उपाध्यक्ष सुमन चेम्जोङ, अमर इजमलगायतका नेताहरू पत्रकार सम्मेलनस्थलमा घुसेका थिए । पत्रकार सम्मेलन स्थलकै क्रममा ‘वंश गद्दार’ को नारा लगाउँदै मावोमाथि हातपातसमेत भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
माबो ताप्लेजुङका स्थायी बासिन्दा हुन् । माबोले केवलकारको विरोध गर्नेहरुलाई सामाजिक सञ्जालमा अनेक लान्छना लगाएर लेखेको कारण कालोमोसो दलिएको मुक्कुमलुङ संरक्षण संघर्ष समितिको दाबी छ । माबोले आफूलाई मालोमोसो दलेर दुर्व्यवहार गर्नेहरुलाई कारबाहीको माग गरेका छन् । उनलाई हाल सुरक्षाका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #‘केवलकारविरोधी’ को अराजकताः समर्थनमा उभिएकै कारण मावोमाथि हातपात र दुर्व्यवहार, #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्