घरको आँगनबाटै चितुवाको आक्रमणमा परेर २ वर्षीय बालकको मृत्यु

रुपन्देही । बर्दियाको मधुवन नगरपालिका–९ स्थित भाटचोकमा शनिवार साँझ करिब ७ बजे चितुवाको आक्रमणबाट २ वर्षीय बालक रिहान चलाउनेको मृत्यु भएको छ। घटनाको समयमा बालक आँगनमा खेलिरहेको थियो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी ऋषिराम घर्तिमगरका अनुसार, चितुवाले बालकलाई टिपेर लगेको थियो। राति सवा ९ बजे घरबाट करिब ५ सय मिटर टाढा बालकको शव भेटिएको थियो।
शवको घाँटी र टाउको पछाडिको भागमा चोट लागेको पाइएको छ। प्रहरीले घाउखतको विश्लेषण गरी चितुवाको आक्रमण भएको निष्कर्षमा पुगेको छ।
घटनाको समयमा बालकको आमा रचना घरभित्र थिइन्। छोरा नदेखेपछि उनले हारगुहार गरेकी थिइन्।
गाउँलेहरू र प्रहरीले खोजी अभियान चलाएपछि मात्र बालकको शव भेटिएको हो। रचना शनिवार मात्रै छोरालाई लिएर बर्दियास्थित सानीआमा जमुना कँडेलको घर गएकी थिइन्।
उनको घर बाँकेको राप्तिसोनारी गाउँपालिका–५ मा पर्छ। आइतबार बालकको शवको पोष्टमर्टम गरी आफन्तलाई बुझाइने प्रहरीले जानकारी दिएको छ। यस घटनाले स्थानीय समुदायमा दुःख र आतंक फैलाएको छ ।
चितुवाको आक्रमणबाट बालकको मृत्युले वन्यजन्तु र मानव बीचको सहअस्तित्वको चुनौतीलाई पनि उजागर गरेको स्थानीयले जनाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #घरको आँगनबाटै चितुवाको आक्रमणमा परेर २ वर्षीय बालकको मृत्यु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्